Advertisement

एशियन ब्रिज इन्टरनेशनल स्कुलद्वारा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

टोकियो, जापान — प्रकाश ढकाल
एशियन ब्रिज इन्टरनेशनल स्कुलद्वारा आयोजना गरिएको कक्षा १ का विद्यार्थीहरूको वार्षिक खेलकुद कार्यक्रम मङ्गलबार  उत्साह, अनुशासन र बालमैत्री वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।


कार्यक्रम टोकियोको किता–कुस्थित ताकिनोगावा पार्कमा सम्पन्न भएको थियो, जुन विद्यालयबाट करिब पाँच मिनेटको पैदल दूरीमा रहेको छ। बिहान १० बजेबाट सुरु भएको कार्यक्रम दिउँसो १२:३० बजेसम्म सञ्चालन भएको थियो।
कार्यक्रममा कक्षा १ का नानीहरूले विभिन्न बालअनुकूल खेलकुद गतिविधिहरू— जस्तै दौड, समूह खेल, सन्तुलन खेल लगायतमा उत्साहपूर्वक सहभागिता जनाएका थिए। खेलमार्फत बालबालिकाको शारीरिक विकास, आत्मविश्वास, अनुशासन र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. बलराम श्रेष्ठ रहनुभएको थियो भने
कार्यक्रमको सञ्चालन शैक्षिक निर्देशक तथा अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश ढकालले गर्नुभएको थियो।
कार्यक्रममा कक्षा १ की कक्षा शिक्षक तथा १-२ कि संयोजक मिङ्मा मोकतान, कक्षा ३–४ संयोजक सृष्टि सेरचन
नेपाली विभाग प्रमुख अनिता रिसाल
उप–प्रधानाध्यापक नारायण कट्टेल
साथै जापानीज शिक्षक सिनोजाकी सेन्सेको विशेष उपस्थिति रहेको थियो।
स्कुलका अध्यक्ष डा. बलाराम श्रेष्ठले खेलकुद शिक्षा बालबालिकाको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक रहेको बताउँदै, यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई पनि मजबुत बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयको व्यवस्थापन, समयपालन र बालमैत्री वातावरणको प्रशंसा गरेका थिए। विद्यालयले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा अभिभावकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *