भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा मतादाताहरुले एकै स्वरमा उम्मेदवार छनौटमा विवेक प्रयोग गर्ने बताएका छन् । उनीहरुले भाषण, लहड र भ्रमको पछि नलागी यथार्तको पछि लाग्दै विवेक प्रयोग गर्ने बताएका हुन् ।जेनजी मतादाताको एउटै स्वर : डाक्टर पाइलट भन्दा बासुमा जोड !
तिलोत्तमा १४ का सीमा चौधरीले रुपन्देही ३ मा रहेका ३३ जना उम्मेदवारहरु मध्ये सबैभन्दा उपयुक्त उम्मेदवार बासुदेव घिमिरे भएको बताइन् । उनले भनिन, ‘बासु सरले तिलोत्तमाको नगरमा जसरी काम गरेर देखाउनुुभयो । त्यसैगरी सांसद भएर लुम्बिनी र एअरपोर्टको बारेमा बारम्बार कुुरा उठाउनुु भयो । यसैले हामीले त घिमिरेलाई मत दिने भएका छौ ।’
२१ बर्षिय चौधरी जस्तै भैरहवा गोलिगढकी २३ बर्षिय सुुनिता थापाले पनि डाक्टर, पाइलट भन्दा राजनीति बुुझेको व्यक्तिलाई मत दिने बताइन् । उनले थप प्रस्टाउँदै भनिन, ‘हाम्रो क्षेत्रमा डाक्टर पाइलट पनि उठ्नुुभएको छ । तर हामीले सांसद चाहिँ नेतालाई बनाउनुुपर्छ ।’
फर्साटिकरका २५ बर्षिय सविन खड्काले भिजन र मिसन प्रस्ट भएकोले बासुदेव घिमिरेलाई मतदान गर्नेगरी लागेको बताए । खड्काले अगाडी भने, ‘डाक्टरले अस्पताल चलाउने, पाइलटले जहाज उडाउने काममा पाको भएता पनि राजनीतिमा तुलनात्मक रुपमा बासु घिमिरे नै परिपक्क देखिएकोले हाम्रो केटाहरुको सबै टिम उहाँको पक्षमा छौं।’ जेनजी विद्रोह मार्फत विशेष परिवेशमा हुुन गईरहेको फागुन २१ गतेको निर्वाचनलाई जेनजी उमेर समूहका युवा युवतीहरुले विवेकपुर्ण ढंगले उपयोग गर्ने जनाएका हुन् ।जेनजी मतादाताको एउटै स्वर : डाक्टर पाइलट भन्दा बासुमा जोड !
भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा मतादाताहरुले एकै स्वरमा उम्मेदवार छनौटमा विवेक प्रयोग गर्ने बताएका छन् । उनीहरुले भाषण, लहड र भ्रमको पछि नलागी यथार्तको पछि लाग्दै विवेक प्रयोग गर्ने बताएका हुन् ।
तिलोत्तमा १४ का सीमा चौधरीले रुपन्देही ३ मा रहेका ३३ जना उम्मेदवारहरु मध्ये सबैभन्दा उपयुक्त उम्मेदवार बासुदेव घिमिरे भएको बताइन् । उनले भनिन, ‘बासु सरले तिलोत्तमाको नगरमा जसरी काम गरेर देखाउनुुभयो । त्यसैगरी सांसद भएर लुम्बिनी र एअरपोर्टको बारेमा बारम्बार कुुरा उठाउनुु भयो । यसैले हामीले त घिमिरेलाई मत दिने भएका छौ ।’
२१ बर्षिय चौधरी जस्तै भैरहवा गोलिगढकी २३ बर्षिय सुुनिता थापाले पनि डाक्टर, पाइलट भन्दा राजनीति बुुझेको व्यक्तिलाई मत दिने बताइन् । उनले थप प्रस्टाउँदै भनिन, ‘हाम्रो क्षेत्रमा डाक्टर पाइलट पनि उठ्नुुभएको छ । तर हामीले सांसद चाहिँ नेतालाई बनाउनुुपर्छ ।’
फर्साटिकरका २५ बर्षिय सविन खड्काले भिजन र मिसन प्रस्ट भएकोले बासुदेव घिमिरेलाई मतदान गर्नेगरी लागेको बताए । खड्काले अगाडी भने, ‘डाक्टरले अस्पताल चलाउने, पाइलटले जहाज उडाउने काममा पाको भएता पनि राजनीतिमा तुलनात्मक रुपमा बासु घिमिरे नै परिपक्क देखिएकोले हाम्रो केटाहरुको सबै टिम उहाँको पक्षमा छौं।’ जेनजी विद्रोह मार्फत विशेष परिवेशमा हुुन गईरहेको फागुन २१ गतेको निर्वाचनलाई जेनजी उमेर समूहका युवा युवतीहरुले विवेकपुर्ण ढंगले उपयोग गर्ने जनाएका हुन् ।
जेनजी मतादाताको एउटै स्वर : डाक्टर पाइलट भन्दा बासुमा जोड